देश

मेडिकलमा आगलागी हुँदा १८ लाख बढीको क्षति

मेडिकलमा आगलागी हुँदा १८ लाख बढीको क्षति

 

साउन - ५ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ । पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । आगलागी हुनुको कारण भने खुल्न सकेको छैन । पसल सञ्चालक पुष्पराज पन्तले पसल बन्द रहेका बेला अज्ञात व्यक्तिले भेन्टिलेसनबाट आगो लगाएको आरोप लगाए ।

बैंकबाट कर्जा लिएर सञ्चालन गरेको पसल पूरै जलेर नष्ट भएपछि बिचल्ली भएको गुनासो गर्दै उनले भने – 'बैंकको कर्जा कसरी तिर्ने भन्ने समस्या उत्पन्न भएको छ ।'

विशेष