अपराध सुरक्षा मुख्य समाचार

बम टिपेर फाल्ने हवल्दार राना बने असई

बम टिपेर फाल्ने हवल्दार राना बने असई

साउन ५ । निर्वाचन भइरहेका बेला मतदान केन्द्रमा फ्याँकिएको बमलाई विस्फोटअगावै फ्याँकेर अप्रिय घटना हुनबाट जोगाएका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई एक तह बढुवा गरिएको छ । 

गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा हवल्दार रानालाई प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा गरेको हो । स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत गत १४ असारमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत विद्यालय प्रतापकोट मतदान केन्द्रमा फ्याँकिएको बम रानाले तत्काल खोल्सातिर फालेर बिस्फोटबाट बचाएका थिए । अज्ञात व्यक्तिले मतदान स्थलनजिक बम फ्याँकेर भागेलगत्तै उनले सो बमलाई खोल्सातिर फ्याँकेका थिए । मतदानस्थललाई विस्फोटबाट बचाएको भन्दै उनको सर्वत्र प्रशंसा भएको थियो ।

विशेष