मनोरञ्जन

फेरि वेहोस भए कपिल, अनिल र अर्जुनसँगको सुटिङ स्थगित

फेरि वेहोस भए कपिल, अनिल र अर्जुनसँगको सुटिङ स्थगित

साउन - ५ ।  भारतीय हास्यकलाकार कपिल शर्मा पुनः वेहोस भएका छन् । सुटिङ सुरु हुनु भन्दा अगाडि नै वेहोस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बुधबार कपिलले अनिल कपूर र अर्जुन कपूरलाई कार्यक्रममा डाकेका थिए । बेलुका ८ बजे सुटिङको समय निर्धारित गरिएको थियो । पूर्व निर्धारित तालिका अनुसार सुटिङमा ६ बजे नै सबैजना उपस्थित भइसकेका थिए भने अनिल र अर्जुन पनि सेटमा आइसकेका थिए ।

सुटिङ सुरु गर्नुभन्दा केही समय अगाडि नै कपिल वेहोस भए र उनलाई तुरुन्तै कोकिलाबेन अस्पतालमा पुर्याइको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीका कारण सुटिङसमेत स्थगित गरिएको छ । अहिले कपिल चिकित्सकहरुको निग्रानीमा छन् ।

यो भन्दा पहिला पनि कपिल सेटमै अचेत भएका थिए । शाहरुख र अनुष्कासँगको सुटिङका क्रममा वेहोस भएपछि सुटिङ नै स्थगित भएको थियो । कपिल शर्मा शोको टिआरपी घटेपछि उनी निकै तनावमा छन् । टिआरपी बढाउनका लागि उनी दिनरात लागिरहेको बताइएको छ । उनी आफैँले निर्माण गरेको चलचित्र फिरगीको कारण पनि उनी बढी दवावमा छन् ।

विशेष