मनोरञ्जन

अाफ्नै फिल्मको प्रचारमा मात्रै १० दिन खर्चन्छन् अक्षय

अाफ्नै फिल्मको प्रचारमा मात्रै १० दिन खर्चन्छन् अक्षय

साउन – ५ । धेरै नाम चलेका कलाकारले फिल्मको प्रचारप्रसारमा महिना दिन खर्च गर्ने गर्दछन् । तर अक्षय कुमार भने आफूले अभिनय गरेका फिल्मका लागि १० दिन मात्रै दिने गरेका छन् । उनले फिल्म खेल्नु भन्दा पहिल्यै प्रचारप्रचार गर्न १० दिनभन्दा वढी दिन नसक्ने सम्झौतामा गरेका हुन्छन् ।

फिल्म बनाउन जति मेहनत लाग्छ फिल्म चल्नुमा पनि प्रचारमा उत्तिकै समय दिनुपर्ने धेरै चलचित्रकर्मीले बताउँदै आएका छन् । धेरै नाम चलेका कलाकारहरुले फिल्मको प्रचारप्रचारको लागि समय पनि धेरै दिन्छन् । तर, बलिउडको अपवादको रुपमा अक्षकुमार देखिएका छन् । नाम चलेका भारतीय कलाकारल मध्येका एक अक्षय यस्ता कलाकार हुन जसले वर्षमा ४ वटासम्म फिल्म खेल्न भ्याउँछन् र बचेको समय हलिउडमा पुगेर रमाइलो पनि गर्छन् ।

हाल अक्षयकुमार लण्डनमा गोल्डको सुटिङमा व्यस्त छन् । उनी जुलाइको अन्त्यमा भारत फर्किने समय तालिका छ । त्यसपछि उनी ट्वाइलेट एक प्रेमकथाको प्रचारप्रसारमा लाग्ने छन् । ट्वाइलेट एक प्रेमकथा अगस्त ११ मा रिलिज हुँदै छ ।

विशेष