मनोरञ्जन

आमा बन्दै पूर्वपोर्नस्टार सनी लियोनी

आमा बन्दै पूर्वपोर्नस्टार सनी लियोनी


पूर्वपोर्नस्टार सनी लियोनी आमा बन्ने भएकी छन् । उनले हालै एउटा अन्तर्वार्तामा आमा बन्न लागेको खुलासा गरेकी हुन् ।

आमा बन्न शारीरिक रुपमा आफूलाई मुस्किल हुन सक्ने बताउने सनीले आफ्नो जिन्दगीमा अहिले धरैथोक भएको अपूरो कुरा गरेकी छिन् । कसैले भन्न सक्छ कि यो हुन सक्दैन, म केही दिनमा आफ्नो हातमा एउटा बच्चा लिएर आउँदैछु अनि मान्छेहरु त्यो बच्चा कहाँबाट आयो भनेर चकित परुन, सनीले भनेकी छिन् । यो असम्भव पनि हैन । हुन नसक्ने कुरा पनि हैन ।

सनीको यस्तो अभिव्यmिबाट भारतीय मिडियाले ठोकुवा गरेका छन् । कि उनी सेरोगेसीको मद्दतबाट आमा बन्दै छिन् । बलिउडमा पछिल्लो समय सेरोगेसीकाो प्रचलन बढेको छ । अमिर खान, साहरुख खान, करण जोहर, सोहेल खान, तुसार कुपरलगायतका केही सेलिब्रेटीहरु यहि प्रक्रियाबाट बाबु बनेका छन् ।

 

विशेष