मनोरञ्जन भिडियो

नेपाली भाषा बोल्नेहरुले नेपाललाई रोयल्टी बुझाउनु पर्छ (भिडियोसहित)

राष्ट्रपति त के बनिएला र गणतन्त्र नै धरापमा छ

नेपाली भाषा बोल्नेहरुले नेपाललाई रोयल्टी बुझाउनु पर्छ  (भिडियोसहित)

असार १८ । कुनै बेला रत्नपार्कमा भाषण गरेर आफ्नो जीवन गुजारा गर्ने भोजपुरका मुकुन्द घिमिरे ‘मुकुन्दे’को जीवनचर्या फेरिएको छ । उनी अचेल रत्नपार्कमा भन्दा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तिर भेटिन्छन् । राजनीतिमा चासो राख्ने मुकुन्दको अहिलेको अवस्था जे जस्तो होस्, उद्देश्य चाहीँ प्रधानमन्त्री नै बन्ने छ । उनले भने, ‘म जस्तो मान्छेले बन्ने भनेको प्रधानमन्त्री नै हो । यो काम चाँडै पनि हुन सक्छ । राष्ट्रपति चाहीँ भन्न सक्दिनँ । किनभने गणतन्त्र संस्थागत हुनेमै मलाई शंका छ ।’

मुकुन्दले विचार वा धारणा नराख्ने वा राख्न नसक्ने कुनै क्षेत्र र विषय छैन । गोर्खाल्याण्डको आन्दोलन उनलाई खास मन परेको छैन । उनी भन्छन्, ‘भारतमा कुनै नयाँ प्रान्त बनोस् नबनोस् फरक परेन । तर गोर्खाल्याण्ड भन्ने चाहीँ हुन भएन । किनभने गोर्खाल्याण्ड भनेको त नेपाल हो । गोर्खा जिल्ला नेपालमै छ ।’

अहिले गोर्खाल्याण्ड आन्दोलन भन्दा पनि भारतकी सीमा सुवेदीको चर्चा धेरै भएको छ । सीमाको चर्चा गर्नु भनेको उनलाई रातारात सेलिब्रेटी बनाउनु हो –मुकुन्द भन्छन् ‘सीमाबारे चर्चा नगरेकै बेस ।’

भारत अंग्रेजको गुलाम थियो । मुक्त भएपछि स्वतन्त्रता दिवस मनाउन थाल्यो । नेपालको स्वतन्त्रता दिवस छैन । किनभने यो कसैको दास बनेन । तर मुकुन्दको तर्क यस्तो छ ‘स्वतन्त्र मुलुकको स्वतन्त्रता दिवस हुनु पर्छ । तत्कालीन बुढा मुखिया त्रिभुवन शाहको जन्मदिन पारेर २००७ साल फागुन ७ गते प्रजातन्त्र ल्याइयो । प्रजातन्त्र दिवस मानियो । खासमा त्यो मितिमा नेपालले स्वतन्त्रता दिवस मनाउनु पथ्र्यो ।’
उनको मतमा नेपाल पनि ब्रिटिस साम्राज्य भित्रकै थियो । अंग्रेजका नापी विभागका कर्मचारी जर्ज एभरेष्टका नाममा नेपालको एउटा डाँडोको नाम छ । उनैले नापेका हुन् संसारको अग्लो भनेर । नेपालका भ्यागुता उफ्रेर नाप्न सक्ने कुरा थिएन त्यो ।

नेपालको सिंहदरकारको भिक्टोरिया हलमा महारानी एलिजाबेथको शालिक पनि छ ।

भारतमा वर्षैपिच्छे हुने गोर्खाल्याण्डको आन्दोलनले नेपाल पनि डिस्टर्व भएको छ । मुकुन्दको बिचारमा गोर्खाल्याण्डको आन्दोलन चलाउनेहरुलाई दण्डित गर्नु पर्छ । उनीहरुको बसोबास भारतले काश्मिरमा सार्नु पर्छ ।

नेपाली भाषा नेपालको हो । तर भारतीयहरुले पनि बोल्छन् । उनीहरुले नेपाली भाषा बोलेबापत नेपाललाई रोयल्टी तिर्नु पर्ने हो । तर नागरिकको जिब्रोमा मिटर जोड्न सकिँदैन । उनीहरुले हाम्रो भाषा बोले पनि औपचारिक रुपमा भने यो भाषा नेपालको हो ।
गोर्खाल्याण्ड भन्ने भारतमा भयो भने नेपालका मान्छे गोर्खाली हुन् भन्ने नै रहँदैन । नेपालीले विदेशमा काम पनि पाउँदैनन । यसकारण भारतमा गोर्खाल्याण्ड हुन हुँदैन ।

विशेष