मनोरञ्जन

रोकियो एडिलको स्वर

रोकियो एडिलको स्वर


साउन ६ । जसको स्वरले विश्वनै मोहित हुन्छ, उसकै स्वर बन्द भएपछि आम स्रोताका लागि त्यो भन्दा बढी दुःखको कुरा के होला? आफ्नो गायकीले विश्वलाई नै मोहित पारेकी अंग्रेजी गायिका तथा गीतकार एडिलको अवस्था अहिले यस्तै बनेको छ।

’रोलिंग इन दि डीप’ र ’हेलो’ जस्ता गीत गाएकी विश्व चर्चित गायिकाको भोकल कर्ड दोस्रोपटक खराब भएपछि उनी बोल्न सकेकी छैनन्। छोरा एञ्जेलोसँग उसको नयाँ स्कुल गएकी एडिल यही कारणले यात्राभर छोरासँग बोल्न सकिनन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भोकल कर्डमा आएको समस्याकै कारण हालका दिनमा उनी चुपचाप छिन् । स्वास्थ्यकै कारण उनले यसै महिना लण्डनको बेम्बली स्टेडियममा हुन लागेको आफ्नो अन्तिम सांगीतिक कार्यक्रमलाई रद्द गरेकी छिन् । उनले आफ्नो स्वर राम्रो नहुञ्जेलसम्म कुनै पनि कार्यक्रममा सहभागिता नजनाउनेसमेत जनाएकी छन् ।

२९ वर्षीया गायिका र उनका पति साइमोन कोनेकी आफ्नो चार वर्षे छोरा एंगेलोलाई राम्रो स्कुलको खोजीमा सँगै निस्किएका थिए । आफू बोल्न नसकेपछि उनले सांकेतिक रूपमै छोरासँग कुरा गर्न उनले पतिलाई जिम्मेवारी दिएकी थिइन् ।

एडिलको समस्या थाहा पाएपछि उनका फ्यानलाई स्वास्थ्यको बारेमा उनलाई सोधे पनि गायिकाले जवाफ दिन सकिनन्। उनका पतिले ’एडिलले अब सांकेतिक भाषाको मात्र प्रयोग गर्ने’ भनेपछि केहीबेर हाँसो पनि चलेको थियो ।

हाल छोरा र पतिका साथ लसएञ्जल्समा बसिरहेकी एडिल लसएञ्जल्सलाई आफूले सोचे जस्तो बस्न लायक नलागेपछि सधैं भरीका लागि यूके फर्किने सोच बनाएकी छन् । ’लण्डनमा उनको परिवार छन् । 

एडिलकै कारण रद्ध भएको वाम्बले स्टेडियमको कन्सर्टमा बिक्री भएको टिकटको रकम आयोजकले फिर्ता गर्ने सोच बनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विशेष