मनोरञ्जन

आमा नै भिलेन भएपछि करिनाले ‘कहो ना प्यार है’ छाडेकी थिइन्

आमा नै भिलेन भएपछि करिनाले ‘कहो ना प्यार है’ छाडेकी थिइन्

असार १८ । बलिउडको सुपरहिट फिल्म ‘कहो ना प्यार है’ मा अभिनेत्री अमिशा पटेल भन्दा पहिला करिना कपूरलाई अफर गरिएको थियो । तर, आमा बबिताको जिद्धिका कारण उनले उक्त फिल्ममा काम गर्ने मौका गुमाउनु पर्यो ।

बलिउडमा १७ वर्ष बिताइसकेकी करिनाले सन् २००० जुन ३०, मा निर्दशक जेपी दत्तको फिल्म ‘रिफ्युजी’ बाट डेब्यु गरेकी थिइन् । यस भन्दा पहिला करिना ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार है’ बाट डेब्यु गर्न लागेकी थिइन् । फिल्मको केही भागको पनि छायांकन भइसकेको थियो । तर, पछि करिनाले आमा बबिताका कारण उक्त फिल्म बीचमै छोड्नु पर्याे ।

फिल्म सुटिङको पहिलो दिन करिनालाई नृत्य देखाउनुपर्ने थियो । उनलाई साथ दिनको लागि उनकी आमा बबिता र दिदी करिश्मा पनि सुटिङस्थलमा पुगेका थिए । कोरियोग्राफरले करिनालाई एकदमै कठिन स्टेप गर्न लगाए किनभने करिना पहिलो पटक क्यामेरा फेस गर्नेवाला थिइन् । जसोतसो करिना पहिलो दिन केही डान्स स्टेप गर्न सफल भइन् ।

अर्को दिन करिनाकी आमा बबिताले राकेश रोशनलाई फोन गरेर करिनालाई पहिलो दिनमै डान्स गर्न असहज भएका कारण गीतका साटो अभिनयको दृश्य सुट गर्न भनिन् । बबिताको यस्तो कुरा सुनेर राकेश रिसाए किनभने उही गीतको सुटिङ गर्नकै लागि उनले सबै सेटको तयारी गरिसकेका थिए । उनले बबिालाई सम्झाउदै करिनालाई न्त्यस्तो कुनै अफ्ठ्यारो नहुने पनि बताए ।

राकेशले बबिताको कुरा नमानेपछि बबिताले आफूले भनेको नमानेमा करिनालाई उक्त फिल्ममा काम गर्न नदिने हठ कसीन् । त्यस पछि राकेशले करिनालाई फिल्मबाट निकाले र अमिशाा पटेललाई राखे । फिल्मले पनि सार्वधिक चर्चा कमयो ।

विशेष