मनोरञ्जन

एक्कासी २१ महिने छोरीकी आमा बनिन् पूर्वपोर्नस्टार सनी लियोनी

एक्कासी २१ महिने छोरीकी आमा बनिन् पूर्वपोर्नस्टार सनी लियोनी


साउन ६ । पूर्व पोर्नस्टार तथा भारतीय अभिनेत्री सनी लियोनी आमा बनेकी छिन् । केही दिनअघिमात्र सनीले आफू आमा बन्ने इच्छा जनाएकी थिइन् । अब उनको इच्चा पूरा भएको छ ।

सनी र उनका पति डेनियल वेबरले २१ महिनाकी एक बालिकालाई ग्रहण गरेका छन् । यी दम्पतीले बच्चा ग्रहण गर्नका लागि दुई वर्षदेखि योजना बनारहेका थिए । सन्नीले भनिन्, ‘मलाइ ती बच्चीलाई देख्नेवित्तिकै माया लागिसकेको थियो ।’ उक्त बालिकाको नाम निशा कौर वेबर राखिएको छ ।

आमा बनेपछि सनीले भनिन्, ‘म र डेनियलको लागि यो सबै कुरा नयाँ थियो । जब हामीले निशाको फोटो देख्यौँ, म एकदमै खुशी भएकी थिएँ ।’  सनीका पति डेनियलले उक्त बालिकालाई ग्रहण गर्नु पहिला दुईवर्षसम्म पेपर वर्क गर्नु परेको बताए ।

विशेष