मनोरञ्जन

'सायद २' की नायिका स्यारोनलाई निर्माताले 'प्रेमिका बन एयरहोस्टेज बनाइदिन्छु' भनेपछि ....

'सायद २' की नायिका स्यारोनलाई निर्माताले 'प्रेमिका बन एयरहोस्टेज बनाइदिन्छु' भनेपछि ....

साउन ६ । सायद २ का निर्माता सुनिल रावलप्रति नायिका स्यारोन श्रेष्ठले गम्भीर आरोप लगाएकी छिन् । उनले एक अन्तर्वार्ताका क्रममा फिल्मका निर्माता रावलले आफूलाई प्रेमिका बन्न दवाव दिएको आरोप लगाएकी हुन् ।

निर्माता रावलले सुटिङ सेटमा आफ्नो प्रेमिका बने एयरहोस्टेस बनाइदिने प्रलोभन देखाएको नायिका श्रेष्ठले भनेकी छिन् । रावलको यस्तो प्रस्तावबाट दिक्क मानेर आफूले सुटिङ सेटसमेत छोड्न लागेको उनले बताइन् । निर्माता रावलको प्रस्तावलाई आफूले गम्भीर रुपमा लिन थालेपछि उनले यो कुरालाई मजाकमा उडाएको अन्तर्वार्ताका क्रममा भनेकी छन् ।

उता निर्माता सुनिल रावलले भने स्यारोनको भनाइको खण्डन गरेका छन् । उनले आफूले स्यारोनलाई यस्तो केही नभनेको र एयरहोस्टेस बनाउनका लागि आफू एयरलाइन्सको मान्छे पनि नभएको तर्क गरे । आफूले गलत काम नगरेको उनको दाबी छ । गलत गरेको भए पहिले नै यो कुरा मिडियामा ल्याउनुपर्ने बताउँदै उनले स्यारोनको कुरा सरासर झुट भएको बताए । गत असार ३० गते अल नेपाल रिलिज भएको फिल्म ‘सायद २’ ले राम्रो व्यापार भने गर्न सकेन । फिल्म हेरेका दर्शकहरुले राम्रै प्रतिक्रिया दिएता पनि व्यापारिक हिसावले भने कमजोर सावित भयो फिल्म । फिल्मले राम्रो व्यापार नगरेको स्वीकार गर्दै फिल्मका निर्माता रावलले फिल्म मात्र राम्रो बनाएर नहुने पनि बताएका थिए । यसका साथै उनले अबदेखि दुर्गिस ब्यानरले नयाँ कलाकार नलिनेसमेत फेसबुक लाइभमार्फत घोषणा गरेका छन् ।

 

विशेष