मनोरञ्जन

नेपाल आइडलको कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

नेपाल आइडलको कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

साउन ६ । यतिबेला नेपाल आइडलको चर्चा चुलीमा पुगेको छ । विरोध र समर्थनको बीचमा नेपाल आइडल टपटेनसम्मको यात्रा गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय फ्रिन्चाइज नेपाल भित्र्याएको भन्दै धेरैले नेपाल आइडलको विरोध समेत गरेका थिए ।

यतिबेला टपटेनभत्रि पनि सबैभन्दा वढी चर्चा कमाउने नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराई, वुद्ध लामा र प्रताप दासको नाम अग्रपंक्तिमा देखिन्छ । उनीहरुले यतिबेला सामाजिक सञ्जालमा राम्रै चर्चा कमाउन सफल भएका छन् ।

अरु प्रतिस्पर्धीहरु सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, सागर आले मगर, केन्जल मेहर श्रेष्ठ, सुरज थापा, प्रमिला राईको चर्चा केही कम देखिएको छ । आज (शुक्रबार) हुने प्रतिस्पर्धामा यीनै प्रतिस्पर्धी मध्ये एकजना बाहिरिने छन् ।
बढि चर्चामा रहेका नेपाल आइडलका प्रतिस्पर्धीहरु

यसमा पनि सार्वधिक प्रशंसा पाएका प्रतिस्पर्धी हुन् बुद्ध लामा । युट्युब र फेसबुकमा आउने प्रतिक्रियादेखि निर्णायकहरुको प्रतिक्रियामा पनि बुद्धले आफ्नो हक जमाएका छन् ।

यसमाथि पनि नेपाल आइडलको कुरा गर्दा प्रताप दासको नाम छुटाउन मिल्दैन । ललितपुरबासी प्रताप दासको मुस्कान, स्टेज प्रस्तुती र स्वरको फ्यान हुनेहरु पनि धेरै छन् ।

त्यस्तै अर्की प्रतिस्पर्धी सुजाता पाण्डेले पनि उत्तिकै दर्शकको माया र साथ पाएकी छिन् । स्टेजमा सुरिलो स्वरको साथसाथै दर्शकलाई मज्जैले हसाउँने क्षमता भएकी पाण्डेको क्षमतामा कुनै कमी छैन ।

अर्की प्रतिस्पर्धी केन्जल मेहरको पनि उत्तिकै तारिफ छ । उनको प्रशंशा गर्न नथाक्ने गायिका इन्दिरा जोशीले उनलाई नाम नै दिएकी छिन् ‘के टाउन एन्जल केन्जल’ ।

सबै उत्तिकै तारिफयोग्छ लाग्छन् । तर, जित उसैको हुने बताइएको छ जसले सार्वधिक भोट प्राप्त गर्छन् । यसक्रममा सामाजिक सञ्जालमा दर्शकहरुको सार्वधिक माया भने बुद्ध , निशान र प्रताप दासले पाइरहेको देखिन्छ ।

विशेष