खेल

गृष्म ओलम्पिकमा सेनाम र बलरामको सहभागिता

गृष्म ओलम्पिकमा सेनाम र बलरामको सहभागिता

 

साउन - ६ । टर्कीमा आयोजना हुने २३ औँ बहिरा गृष्म ओलम्पिकमा नेपालका तर्फबाट दुई बहिरा खेलाडीले सहभागिता जनाउने भएका छन् ।

सहभागी हुनेमा सेनाम छिरिङ लामा र बलराम कार्की छन् । यही साउन ८ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा लामाले करातेको पुरुष ६७ केजीमुनि र एकल कातामा तथा कार्कीले एथलेटिक्सतर्फ पुरुष दुई र आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिक भने यही साउन ३ गतेदेखि नै सुरु भइसकेको छ । खेलाडीद्वय लामा र कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै आज यहाँ बिदाइ गरे । उनीहरू शनिबार टर्की प्रस्थान गर्दैछन् ।

विशेष