मनोरञ्जन

नयाँ फिल्मको लागि नाक र कान छेडे आमीरले

नयाँ फिल्मको लागि नाक र कान छेडे आमीरले

असार १८ । बलिउडका चर्चित अभिनेता आमीर खानले आउँदो फिल्म ‘थग्स अफ हिन्दुस्तान’ को लागि नाक र कान छेडेका छन् । नयाँ नयाँ कथाका फिल्ममा काम गर्न र आफूलाई नयाँ भूमिकामा सबैलाई चित्त बुझ्ने गरि ढाल्न सफल भएकै कारण उनलाई मिस्टर पर्फेक्सनिस्ट पनि भनिन्छ ।

फिल्म ‘थग्स अफ हिन्दुस्तान’ मा पनि आमीर आफूले अहिलेसम्म नै नखेलेको भूमिकामा देखिदैँ छन् । भूमिकालाई पूर्ण रुपमा न्याय दिनको लागि पनि उनले नाक, कान छेड्नुका साथै शारीरीक बनावटमा पनि परिवर्तन ल्याएका छन् ।

फिल्म दंगलमा आमीरले बढाएको र घटाएको वजनले सबैलाई चकित पारेको थियो । यतिमात्र नभएर फिल्म ‘दंगल’ मा महावीर फोगटको भूमिकामार्फत उनले सबैको मन जितेका पनि थिए । ‘थग्स अफ हिन्दुस्तान’ मा बीग बी अमिताभ वच्चन र आमीरले पहिलो पटक एकसाथ काम गर्न लागेका छन् ।

Aamir Khan

विशेष