मनोरञ्जन Breaking News

धेरै सुन्दरीको नजर ठोक्कीए शरदप्रति, आखिर पिरतीको टस नायिका निशाले नै जितिन्

मञ्जु मिश्र

धेरै सुन्दरीको नजर ठोक्कीए शरदप्रति, आखिर पिरतीको टस नायिका निशाले नै जितिन्

असार १८ । धुंवादार ब्याटिङ, अग्लो र कसिलो जिउडालका धनी शरदको व्यक्तित्वले थुप्रै युवतीलाई मोहनी लगाइसकेको थियो । चौका र छक्काले कैयौंको मनमा एकैचोटी पिरतीको बांण हानिसकेको हुन्थ्यो । बंगलादेशमा भएको विश्वकपमा देखाएको करिश्माले मै हुं भन्ने सुन्दरीका आंखा पनि शरदमा ठोक्किए । आखिरमा पिरतीको टस जितिन् नायिका निशा अधिकारीले । कुनै बेला निशाको नजरमात्रले पनि शरदको जिऊंमा कांडा उमाथ्र्यो । शरदलाई छक्क लाग्छ । नजर केही रहेनछ । सबथोक रहेछ भावना ।

२०१४ को २०र २० बिश्वकप क्रिकेट को छनोट खेलमा छनोट हुन नेपालले हंकङ्गसंगको म्याच जित्नैपर्ने थियो । २७ नोभेम्वर २०१३ मा बंगलादेशमा भएको सो खेलमा पहिले ब्याटीङ्ग गर्दै हङकङले ७ विकेटको क्षतिमा १४३ रन जोडेको थियो ।

पारस खड्काको कप्तानीमा उत्रीएको नेपाली टीमका लागी सागर पुन र शुभाष खकुरेलले सामान्य सुरुवात दिलाए । ज्ञानेन्द्र मल्लबाहेक मध्य पंक्तिका ब्याट्सम्यानहरुले सन्तोषजनक प्रदर्शन गर्नसकेका थिएनन् । बिनोद भण्डारीको विकेट पतन भएपछि पाच नम्वर ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका शरद भेष्वाकरमा सबै नेपाली क्रिकेटप्रेमीहरुको आंखा थियो । अन्तिम ओभरको ५ बलमा नेपाललाई १३ रनको आवस्यकता थियो । यो असम्भव प्राय भैसकेको थियो । तर शरदले त्यो १३ रनको खांचो पूरा गरिदिए । नेपालले १४४ रन बनायो र खेल जित्यो । नेपाली दर्शक खुशिले नाच्न थाले । कतिका आंखा रसाए । सबैको मुखमा एउटै नाम झुण्डियोः ‘शरद भेष्वाकर’ ।

त्यस यता प्राय म्याचमा शरद भेष्वाकर म्याच फिनिसर बनेका छन् । म्याच जिताउने नायकका रुपमा भेष्वाकरले ख्याति कमाएका छन् । सयुंक्त अरब ईमिरेट्सको दुवइमा जन्मिएका हुन् भेष्वाकर । उनका बुवा भारतीय नागरिक र आमा नेपाली नागरिक हुन् । ५ फिट १० इन्च अग्ला शरदले १५ वर्ष अघि नेपाल क्रिकेट एकेडेमीमा भर्ना भई क्रिकेट सिकेका थिए । भारतमा वर्षै देखी क्रिकेट असाध्य लोकप्रिय छ । त्यसको प्रभाव शरदको बुबामा परेको थियो ।

बुबाको प्रभावका कारण शरद क्रिजतर्फ आकर्षित भए । छोटै अवधीमा उनी १५ वर्ष मुनिको अन्र्तराष्ट्रिय प्रतियोगिताका लागि नेपाली टिममा छानिए । खुशीको सीमा रहेन । तर उनले खुशी बुबासंग बाड्न पाएनन् । उनले खुशी बाड्न नपाउंदै भारतमा रहेका बुवाको हृदयघातका कारण मृत्यु भईसकेको रहेछ । मातृभूमी नेपालको क्रिकेट क्षेत्रमा शरद परिचित हुंदै गए । उनको नागरिकता कानूनी अड्चनका कारण बन्न सकिरहेको थिएन । शरदलाई नागरिकता दिलाउन नेपाली फ्यानहरुले दबाब अभियान नै थाले । नेपाल सरकारले नेपाली क्रिकेटमा प्राप्त भएको उनको योगदानको कदर गर्दै अन्ततः उनलाई काठमाण्डौ जिल्ला प्रशासन कार्यलय मार्फत नागरिकता दिइयो ।

धुंवादार ब्याटिङ, अग्लो र कसिलो जिउडालका धनी शरदको व्यक्तित्वले थुप्रै युवतीलाई मोहनी लगाइसकेको थियो । चौका र छक्काले कैयौंको मनमा एकैचोटी पिरतीको बांण हानिसकेको हुन्थ्यो । बंगलादेशमा भएको विश्वकपमा देखाएको करिश्माले मै हुं भन्ने सुन्दरीका आंखापनि शरदमा ठोक्किए । आखिरमा पिरतीको टस जितिन् नायिका निशा अधिकारीले । भारतीय अब्बल दर्जाका क्रिकेटर बिराट कोली र नायिका अनुस्का शर्माकै शैलीमा यि दुई बिचको अफेयरले खुबै चर्चा बटुल्यो ।

प्रेमप्रसंगका कारण शरद झनै चर्चित भए । लुकीछिपि प्रेमलाप गर्ने नेपाली समाजमा अमेरिकामा पढेर फर्केकी निशाले कडा व्याटिङ गर्न थालिन् । निशाले खुलेरै सामाजिक सञ्जालमा शरदप्रतिको प्रेम पोख्न थालिन् । क्रिकेटकै शब्दमा भन्ने हो भने निशाको व्याटिङ र शरदको फिल्डिङ रोमाञ्चकरुपमा अघि बढ्यो । उनीहरुको सम्बन्ध बिग्रिएका हल्लाहरु पनि बेला बेलामा नेपाली सञ्चारमाध्यममा गरमाए । तर, हल्लाले वास्ताविकता पूरा गर्न भने पाएन । अनन्त यी जोडीको विवाह भएरै छोड्यो ।

नेपाल आजसँग एक वर्षअघि गरिएको प्रेम प्रंसगको कुराकानीमा क्रिकेटका बोल्ड व्याट्सम्यान शरद लज्जालु देखिएका थिए । त्यतिबेला लजाउदै शरदले भनेका थिएः ‘निशा मेरी साथी हुन र नेपालकी सबै भन्दा सुन्दर नायिका पनि । अहिले पनि हामी उत्तीकै भेट्छौ, कुरा गर्छौ तर यो प्रेम होईन ।’ कुनै बेला निशाको नजरमात्रले पनि शरदको जिऊंमा कांडा उमाथ्र्यो । शरदलाई छक्क लाग्छ । नजर केही रहेनछ । सबथोक रहेछ भावना । अहिले त्यही भावनाले विवाहको सफल रुप पाएको छ ।

अचेल नेपालमा क्रिकेट ब्याट र बल उचालेर बाच्न सकिने भएको छ । एउटा अब्बल दर्जाको खेलाडीले राम्रो आम्दानी गरीरहेका छन् । आफ्नो कमाईप्रति शरद सन्तुष्ट छन् । उनी थप्छन्,‘मान्छेका इच्छा असिमित हुन्छन् तर मेरो नजरमा मलाई गरुं गरुं लागेको कुराहरु क्रिकेट खेलेरै पूरा भएका छन् ।’ जवसम्म घरेलु क्रिकेट संरचनामा परिवर्तन आउदैन तवसम्म क्रिकेटमा पनि बिकास हुदैन् । घरेलु क्रिकेट जति धेरै खेल्न सकियो त्यतिनै निखारिन्छन् खेलाडीहरु । शरदलको निष्कर्ष छ, ‘हामी केवल नतिजामा ध्यान दिन्छौ तर मुल कुरा त अभ्यास हो । हामी बिश्वकप खेल्ने सपना देख्छौ, तर वर्षमा १० वटा सम्म पनि खेल खेल्न पाएका हुदैनौ । भारतमा हेर्ने हो भने एउटा कन्ट्रि क्लवले समेत १०० वटा खेलिसकेको हुन्छ, यसरी त कसरी तयारी पुरा हुन्छ हाम्रो?’ उनले अगाडी थपे ‘धनगढी क्रिकेट एकेडेमीले डिसिएल गर्छ । उसले एक किसिमको व्यावसायिकता को थालनि गरेको छ नेपाली क्रिकेटमा । नयाँ खेलाडीहरुलाई पुराना खेलाडीहरु संग सिक्ने मौका दियो । जति धेरै खेलाडीहरु आए, निखारिए त्यतीनै धेरै नतिजा सकारात्मक हुनेगर्छ । यसका लागी लगानी कर्ताहरुले पनि धन दिन जरुरी छ । हाम्रो देशमा पनि क्रिकेटप्रति निकै लगाव बढीरहेको छ । घरघरमा क्रिकेट हेर्न थालिसकेका छन् मानिसहरु भने व्यावसायिक क्रिकेट खेल्न किन अनकनाउने ।’

यसमा लगानी गर्दा सबैलाई फाईदा हुने शरदको बिस्वास छ । आफु टिमको भरपर्दो खेलाडी हुनसकेकोमा गर्व गर्ने शरद नेपाली जर्सीमा बिश्वसामु पुग्न पाउदाको खुशिको तुलना केहीसंग गर्न नसकिने बताउँछन् । उनलाई सधैं थकथकी लागिरहन्छ, उनले यो जर्सीमा बिश्वकप खेलेको दृष्य बुवाले हेर्न पाउनु भएन। बुवाको प्रसंगले भावुक बनेका शरदले पितृप्रतिको आश्था सुनाए, ‘बुबा जहां भएपनि मलाईलाई आर्शिबाद दिइरहनुभएको छ । त्यसैले मैले कठीन अवश्थामा व्याट समात्ने र नेपालका लागि केही गर्ने अवसर पाएको हुं ।’

 

Nisha Adkikari Sharad Veshwakar

विशेष