मुख्य समाचार

मध्यपश्चिमसंगको आत्मियता साट्न पूर्वसेना पति कटुवाल जाजरकोटमा

मध्यपश्चिमसंगको आत्मियता साट्न पूर्वसेना पति कटुवाल जाजरकोटमा

दीपबहादुर घर्ती

असार १८ । पूर्व प्रधान सेनापति रुगमाङ्गत कटुवाल आज(शनिवार) जाजरकोट पुगेर फर्किएका छन् । मध्यपश्चिमसंगको आफ्नो निकट आत्मियतालाई साट्न शनिवार आफू जाजरकोट पुगेको पूर्व सेनापति कटुवालले बताएका छन् ।

हामी सबै नेपाली भएर नेपालको आँखाले हेर्दा मध्यपश्चिमसंग आफ्नो आत्मियता निकै प्रगाढ रहेको कटुवालले बताए । पत्रकारहरुसंगको कुराकानीमा कटुवालले जाजरकोट जिल्लालाई केन्द्रिय सडक सञ्जाल भित्र जोड्न नेपाली सेनाको भूमिका निकै महत्वपूर्ण रहेको बताए । सल्यानको सल्लीबजार देखि जाजरकोट जिल्ला सदरमुकाम खलंगा सम्मको मोटरवाटोको ट्रयाक खोल्ने कामको सुरुवात आफ्नै पालामा गरेको र सल्लीवजार देखि जाजरकोट खलंगा सम्मको मोटरवाटोको उद्घाटन पनि आफूले नै गरेको जानकारी दिए ।

साप्ताहिक रुपमा आफूले गर्ने नियमित भ्रमणमा यस साताको भ्रमण जाजरकोटमा परेको बताउँदै कटुवालले आफू सेनापति हुँदा सुरुवात गरिएका मोटरवाटोहरुको अबस्था अवलोकन गर्न जाजरकोट आईपुगेको बताए । उनले नेपाली सेनाले २०७४ साल भित्रै डोल्पा जिल्लाको सदरमुकाम दुनै सम्म मोटरबाटो पुर्याएर देशकै ७४ स्थानमा डोल्पा जिल्लालाई केन्द्रिय सडक सञ्जालमा जोड्ने बताए । डोल्पा जिल्लालाई केन्द्रिय सडक सञ्जालमा जोडेपछि केन्द्रिय सडक सञ्जालमा जोडिन कर्णालीको हुम्ला जिल्ला मात्र बाँकी रहने उनको भनाई रहेको थियो ।

हेलिकप्टरमा शनिवार जाजरकोट पुगेका कटुवालले भेरी नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, स्थानिय विकास अधिकारी, अन्य सुरक्षा निकायका प्रमुखहरु र पत्रकारहरुलाई जिल्लामा रहेको नेपाली सेना ज्वालादल गणको परिसर भित्र बोलाएर भेटवार्ता गरेका थिए । सनिवार नै नेपाली सेनाको हेलिकप्टरमा कटुवाल सुर्खेत फर्किएका छन् ।

katwal

विशेष