प्रवास

श्रीलंका हिँडेका ८ नेपाली युवती विमानस्थलबाटै फिर्ता

श्रीलंका हिँडेका ८ नेपाली युवती विमानस्थलबाटै फिर्ता

साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड नेपाली युवतीलाई फिर्ता अफ लोड गरेको छ ।

गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो ।

अध्यागमन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमूना केसी, चन्दा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो ।

पछिल्लो समय मानव तस्करहरुले नेपाली युवतीलाई कुवेत, साउदी लगायत खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट’ बनाउने गरेका छन् ।

अन्नपूर्ण पोस्ट

विशेष