समाज

एउटै चालक ५० पटकसम्म कारवाहीमा

एउटै चालक ५० पटकसम्म कारवाहीमा

साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याई गरेको अभियोगमा कारबाहीमा परे ।

चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारवाहीमा परिरहे ।

सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्ष अघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरवाही भन्ने प्रस्ट छ । तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर गाडी चलाउने सरकारी अनुमति पाइरहे ।

कान्तिपुर 

विशेष