खेल

महिलो विश्वकप क्रिकेटको फाइनलमा इंग्लयाण्ड र भारत भिड्ने

महिलो विश्वकप क्रिकेटको फाइनलमा इंग्लयाण्ड र भारत भिड्ने


साउन ६ । आइसीसी महिला विश्वकपको उपाधिका लागि आयोजक इंग्ल्याण्ड र भारत भिड्ने भएका छन् ।

बिहिबार अस्ट्रेलियालाई हराउँदै भारत आइसिसी महिला विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोहो । इङ्ल्यान्डको डर्बीमा गएराति भएको सेमीफाइनलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हराएको हो ।

वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २ सय ८१ रन बनायो । जवाफमा २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४१ औं ओभरमा अलआउट हुनुपूर्व २ सय ४५ रन मात्रै बनाउन सक्यो ।

जितसँगै भारतले आयोजक इंग्ल्याण्डविरुद्धको उपाधि भिडन्त तय गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगिसकेको छ ।

विशेष