स्वास्थ्य

प्राथमिक उपचार अब मोबाइल बाटै

प्राथमिक उपचार अब मोबाइल बाटै

साउन ६ । नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोवाइल एप्लिकेशनको सुरुवात गरेको छ ।

अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामै सो  एप्लिकेशन तयार गरिएको हो । “घर–घरमा प्राथमिक उपचारक” भन्ने अभियान अन्तर्गत सुरु सो एप्लिकेशनको  हाँस्य  कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले बिहिबार  उद्घाटन गरे ।  यो एप्लिकेशन  मोबालमै डाउनलोड गरी यसमा भएका ज्ञान र सीपबाट फाइदा लिन सकिने रेडक्रशले जनाएको छ ।  एप्लिकेशनलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ ।  पहिलो क्षेत्र अन्तर्गत एलर्जी/एनाफिलाक्सिस् दमको असर, रक्तस्राव, हााड भााचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु,  डिप्रेसन तनाव, हृदयघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु/हाइपोथर्मिया, विष तथा हानिकारक पर्दाथ, कम्पन/छारे रोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिक उपचार, डसेको टोकेको घाउ, मर्कनु/खुस्कनु, मस्तिष्कघात/स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ । 

दोस्रो क्षेत्र अन्तर्गत विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागी, बाढी, फलु माहामारी, खाद्य्य सुरक्षा, तातो हावा, सामुन्द्रिक  आँधी /तुफान, पहिरो, विधुतीय अबरोध,  आँधी , सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ । 

तेस्रो क्षेत्र अन्तर्गत तत्काल आपत्तकालिन प्राथमिक उपचार जस्तै  एलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटाहरू रहेको छ ।  चौथो क्षेत्रमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयम मूल्याङ्कन गरिने विषयहरू रहेको छ । 

पाँचौ क्षेत्रमा  विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डोनेसन तथा चन्दा दिन, प्राथमिक उपचार प्रशिक्षण बारे, रक्तदान बारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवाबारेमा, एप्लिकेशनलाई आदान प्रदान गर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ । 

यो एप्लिकेशन डाउनलोड् गर्न एन्ड्रोइड मोवाइलवाट Play Store र आइ.ओ.एस मोवाइलवाट टाईप Apple Store मा गई  prathamikupacharnepal . red cross गरी खोज्न सकिन्छ । एकपटक डाउनलोड गरेपछि विना इन्टरनेट पढ्न, भिडियोहरू हेर्ने र सुन्न सकिने छ । प्रत्येक विषयहरू अध्ययन गरेर, भिडियो किल्पहरू हेरेर, प्राथमिक उपचारका ज्ञान, सीपहरू लिन तथा तत्काल प्राथमिक उपचार सेवा दिन र दिन सकिन्छ ।   

विशेष