मुख्य समाचार

कौशलटारमा मिनी टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

कौशलटारमा मिनी टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

भक्तपुर, ७ साउन । मध्यपुर थिमि नगरपालिका– १, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा २ क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । 

मृत्यु हुनेमा काठमाडाँै कीर्तिपुर बस्ने १८ वर्षकी अश्मी सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। 

घटनामा घाइते भएका उनलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा घाइते मोटरसाइकल चालक काठमाडाँै कीर्तिपुर बस्ने वर्ष २२ को हरि गहतराजको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुबै सवारी साधन र टिपर चालक भक्तपुर नगरपालिका– ९ बस्ने ३२ वर्षको जीवन ज्याठालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । रासस 

विशेष