मनोरञ्जन

डिप्रेसनको शिकार भए कपिल, उनकै दिदीले गरिन् खुलासा

डिप्रेसनको शिकार भए कपिल, उनकै दिदीले गरिन् खुलासा

साउन ७ । यो वर्ष कपिलको चर्चा मिडियामा लगातार छायो । विभिन्न कन्ट्रोभर्सीमा घेरिएका कपिल यतिबेला डिप्रेसनको शिकार भएको कुरा उनकै दिदीले खुलासा गरेकी छिन् ।

केही समयअघिदेखि स्वास्थ्य अवस्था ठीक नभएका कपिल अहिलेसम्म सुटिङ स्थलमा तीनपटकसम्म बेहास भइसकेका छन् । बेहोसीका कारण उनी अस्पताल नै भर्ना भएका छन् । बिमारीका कारण सुटिङस्थलमा जान नपाएर आएका पाहुनाहरु पनि बिना सुटिङ फर्किनु परेपछि धेरैले कपिललाई गैर जिम्मेवारी पनि भनेका थिए । तर, यसबारे कपिलकी दिदी पूजा देवगनले मुख खोलेकी छिन् ।

पूजाले कपिलले आफ्नो काम सधैँ जिम्मेवारीपूर्वक गर्दै आएको तर, पछिल्लो समय भएको बिमारीको बारेमा आधिकारिक रुपमा जानकारी नदिँदा मिडियामा अपबाह फैलिएको बताइन् । केही समयअघिमात्र कपिललाई भेट्न मुम्बइ आएकी पूजाले कपिललाई डिप्रेसन भएको जानकारी दिएकी हुन् ।

विशेष