मनोरञ्जन

पार्वती राईको धमाकेदार नृत्य (भिडियोसहित)

पार्वती राईको धमाकेदार नृत्य (भिडियोसहित)

साउन – ७ । नारीहरुको महान चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरु आउने क्रम जारी छ । तीज गीतकै माहोलमा छुट्टै स्वादको अडियो र भिडियोसहितको तीज गीत “झुम्का लगाउँछु“ रिलिज भएको छ । 

गीतकार सुमन कार्कीको शब्द, गायक सिडी विजय अधिकारीको संगीत, राजु कार्कीको एरेञ्ज र गायिका मनिषा राईको आवाजमा उक्त गीत युट्युबमार्फत भर्खरै सार्बजनिक गरिएको हो ।

सिडीएम म्युजिक क्रिएशनको प्रस्तुतिमा रहेको सो गीतको भिडियो निर्देशन जीवन शाहीले, नृत्य निर्देशन सन्तोष राजबहाकले, छायाँकन उत्सब दहालले र सम्पादन अर्जुन पोखरेलले गरेका छन् । उक्त तीज गीतमा पार्वती राईको धमाकेदार नृत्य हेर्न पाउने छन् दर्शकले ।


विशेष