देश

वडाको पहिलो बैठकबाटै मदिरा निषेध गर्ने निर्णय

वडाको पहिलो बैठकबाटै मदिरा निषेध गर्ने निर्णय

साउन - ७ । नवर्निवाचित जनप्रतिनिधिले आफ्नो वडामा मदिरा निषेध गर्ने र्निणय गरेका छन् । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकबाटै अाफ्नो वडालार्इ मदिरा निषेध गर्ने निर्णय गरेका हुन् ।

मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा सेवन गरी सभा–समारोहमा होहल्ला गर्ने र विभिन्न किसिमका घटना भएर समाज बिग्रेको हुदाँ समाज सुधारका लागि यस्तो र्निणय गरेको उनीहरुले बताएका छन् ।

शुक्रबार कैलासका जनप्रतिनिधिले मदिरा निषेध गर्ने निर्णयको बोधार्थ वडामा सार्वजनिक गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी दिएको छ । गाउँमा शान्ति सद्भाव र अमनचयनका लागि मदिरा निषेध गर्ने निर्णय गरेको जयपृथ्वी नगरपालिका १ कैलासका नव र्निवाचित वडा अध्यक्ष गगनबहादुर सिंहले बताए ।

विशेष