देश

दुगड ग्रुपको खाद्य गोदाममा भिषण आगलागी

दुगड ग्रुपको खाद्य गोदाममा भिषण आगलागी

साउन - ७ । बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १८ भुजईगाउँस्थित केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी भएको छ । अागो शनिबार दिउँसो ४ बजेबाट सुरू भएको हो ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र र स्थानीयबासीहरु पनि खटिएका छन् । अागो स्वस्तिक सोयाविन तेल र घिउको गोदामबाट सुरू भएको हो । अागो सर्दै धान र गहुँ गोदामतिर पुग्न लागेपछि अागो नियन्त्रणमा लिनको लागि नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरिएको छ । घटनाको थप विवरण अाउन बाँकी छ । 

 

विशेष