मुख्य समाचार

नेपाली आकाश सुरक्षित छ: आइकाओ

नेपाली आकाश सुरक्षित छ: आइकाओ

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । सन् २०१३ देखि नेपाल यो सूचीमा सूचीकृत थियो ।

आइकाओको बिहीबार बसेको एसएससी संपरीक्षण कमिटी बैठकले नेपाललाई यस सूचीबाट हटाउने औपचारिक निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । ‘निकै ठूलो मिहिनेतपछि शुक्रबार नेपालले आइकाओबाट खुसीको खबर प्राप्त गरेको छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालमाथिको गम्भीर सुरक्षा चासो हटाउ“दै नेपाली आकाश सुरक्षित रहेको सुनिश्चित गरेको छ ।’

आइकाओले निर्धारण गरेका सुरक्षा अभिवृद्धिसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै नेपाललाई सन् २०१३ मा गम्भीर सुरक्षा चासोको सूचीमा समावेश गरिएको थियो । आइकाओले हवाई सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने आठवटा क्षेत्रमा बनाइएका मापदण्ड, सिफारिस तथा मार्गदर्शनलाई आधार मानेर नम्बर दिने गर्छ । ६० प्रतिशत औसत पार गर्ने मुलुकलाई एसएससी सूचीबाट बाहिर निकालिन्छ । सन् २०१३ मा अन्तर्राष्ट्रिय मापदण्ड तथा सिफारिसको परिपालनादर ५४.८० प्रतिशत थियो । अहिले ६६.०८ पुगेको प्राधिकरणले जानकारी दिएको छ । 

युरोपेली युनियनमा अपिल गर्ने तयारी 

नेपाल अन्तर्राष्ट्रिय नियामक निकाय (आइकाओ) को गम्भीर सुरक्षा चासोबाट हटेस“गै अब नेपालले युरोपेली युनियन (इयू)स“ग हवाई सुरक्षा सूची (कालो सूची) बाट हटाउन अपिल गर्ने भएको छ । ‘हामी अहिले पनि इयूको सेफ्टी लिस्टमा छौँ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘इयूले सेफ्टी लिस्टको आधार एसएससीसमेत बनाउने भएकाले हामीस“ग अब बलियो आधार छ ।’

(नया पत्रिका बाट)

विशेष