अरुको १३ दिनमा यी गुरुको किन १६ औं दिनमा पुण्यतिथी ?
साउन ९ । श्री १००८ रामानन्द गिरीको निधन भएको १६ औं दिनलाई पुण्यतिथीको रुपमा लिइएको छ । हिन्दुहरुका गुरु डा. रामानन्द गिरीको ७१ वर्षको उमेरमा पशुपतिनाथस्थित शंकराचार्य मठमा असार २५ गते निधन भएको थियो । सनातन धर्मका ज्ञाता गिरीप्रति विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रियले १६ औ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली अर्पण गरेको छ । जोगी सन्यासीहरुको पुण्यतिथी १६ औ दिन हुने सो संस्थाका महासचिव अस्मिता भण्डारीले जानकारी दिइन् ।