Technology

अब एनटीसीको डाटा प्याकेज अनलाइनबाटै, यसरी लिनुहोस डाटा प्याकेज

अब एनटीसीको डाटा प्याकेज अनलाइनबाटै, यसरी लिनुहोस डाटा प्याकेज

साउन – ९ । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको डाटा प्याकज अब अनलाइन माध्यमबाट खरिद गर्न सकिने भएको छ । एनटिसीका विभिन्न डाटा प्याकेज नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट ससिलै खरिद गर्ने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गरी आफूले चाहेको डाटा प्याकेज खरिद गर्न सकिने छ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत उक्त अनलाइनमै उल्लेख गरिएको छ कम्पनीले जनाएको छ । ग्राहकको सुविधाका लागि नेपाल टेलिकमल अनलाइन माध्यमबाट डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो ।

नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा स्टार १४१५ ह्यास डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराउँदै आएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ टेलिकमले जनाएको छ । यसबाट ग्राहकलाई डाटा प्याकेज लिन थप सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।

विशेष