समाज

नागेश्वरमा ५० हजार भक्तजन

नागेश्वरमा ५० हजार भक्तजन

 

साउन - ९ । यस वर्ष साउनको दोस्रो सोमबारका दिन प्राचीन, ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध नागेश्वर महादेव मन्दिरमा ५० हजारभन्दा बढी श्रद्धालु भक्तजनले पूजार्चनासहित नागेश्वरको दर्शन गरेका छन् । 

नागेश्वरको दर्शन गर्नाले फलिफाप हुने विश्वास गरिन्छ । नागेश्वरको मन्दिरमा नित्य बिहान रुद्री, हवन र साँझमा गरिने आरतीमा टाढा टाढाबाट भक्तहरु सहभागी हुने गरेका छन् । त्यस्तै बालाजुुको वाणेश्वर महादेवस्थानमा पनि श्रद्धालुको निकै घुइँचो लागेको थियो । ती दुवै मन्दिरको व्यवस्थापन तथा सञ्चालन वरिष्ठ समाजसेवी प्रकाश रायमाझीले गरेका छन् ।

विशेष