अल्जेरियाको राष्ट्रिय विमान दुर्घटना, १ सय १६ को मृत्युु
सन् २०१४ जुलाई २४ अर्थात् आजकै दिन अल्जेरियाको राष्ट्रिय ध्वजाबाहक बिमान एयर अल्जेरी दुर्घटनाग्रस्त अबस्थामा फेला परेको थियो ।
उक्त विमानमा चालक दलका सदस्य सहित एक सय १६ जना यात्रु बोकर बुर्किनाफासोबाट उडेको थियो विमान उत्तरी मालीको मरुभुमिमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । बुर्किनाफासोका सेनाका अनुसार विमान बुर्किनाको सिमा भन्दा ५० मिटर पर दुर्घटनामा परेको हो । विमान पुर्ण रुपमा जलेको अवस्थामा फेला परेको र उक्त विमानमा सवार सबैको निधन भएको जनाइएको छ ।
विमानमा चालक दलका ६ जना सहित १ सय १० यात्रु गरी १ सय १६ जना सवार थिए । विमानमा सवार मध्ये ५१ जना फ्रान्सेली, २७ जना बुर्किनाफासोका, ८ लेवलानानी, ६ अल्जेरियाली, दुई जना लक्जेमबगर्का, ५ जना क्यानाडेली, ४ जना जर्मन नागरिकका साथै क्यामरुन, बेल्जियम, इजिप्ट, युक्रेन, स्विटजरल्याण्ड, नाइजेरिया र मालीका एक एक जना यात्रु रहेको बुर्किनाफासोका अधिकारीले जनाएका छन ।