मुख्य समाचार

डा. गोविन्द केसी आजबाट ११ औं पटक अनशन बस्ने, यस्ता छन् माग

डा. गोविन्द केसी आजबाट ११ औं पटक अनशन बस्ने, यस्ता छन् माग


साउन ९ । सरकारले आफुसंग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै इन्स्टिच्युट अफ मेडिसिनका डाक्टर गोविन्द केसि आजवाट पुनः अनशन बस्ने भएका छन् ।

डा. केसिको यो एघारौ पटकको अनसन हो । यसअघि स्वास्थ्य क्षेत्र सुधारका लागि उहाँ १० पटक अनसन बसेका छन् । सरकार र साजनैतिक दलले आफुसंग विगतमा गरेका सम्झौता उलंघन गरेको तथा चिकित्सा शिक्षा ऐनको विधयक एक वर्ष पुगीसक्दा पनि पारित नगरेको भन्दै अनशनको घोषणा गरेका हुन् ।

विधयक पारित नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत प्रमुख दलका शिर्ष नेता तथा सांसद दोषि रहेको आरोप लगाएका छन् ।
केसिले ११ औ पटकको अनशनको तयारी थालेका समयमा अस्पतालमा अनशन बसे चिकित्सा सेवा र शैक्षिक कार्यक्रम प्रभावित हुने भन्दै आइओएमका चिकित्सकहरुले असन्तुष्टि जनाएका छन् ।

विशेष