खेल

नेपालसामू अफगानिस्तानको १ सय ९६ रनको चुनौती

नेपालसामू अफगानिस्तानको १ सय ९६ रनको चुनौती


साउन १० । आईसीसी यू–१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । उनको विकेट लिन नसक्नु नै नेपालका लागि घातक बन्यो ।

छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो ।

अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए । नेपालका साहब आलमले ४ विकेठट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।

अहिले नेपालले जवाफि व्याटिङ गरिरहेको छ ।

विशेष