देश

जाजरकोटमा जेटिए पढ्ने विद्यार्थी बढे, ८० सिटका लागि २ सय ४७ जनाबीच प्रतिस्पर्धा

दीपबहादुर घर्ती

जाजरकोटमा जेटिए पढ्ने विद्यार्थी बढे, ८० सिटका लागि २ सय ४७ जनाबीच प्रतिस्पर्धा

१० साउन । जाजरकोटको भेरी नगरपालिका–१ कालेगाउँमा रहेको शिव माध्यामिक विद्यालय (सामुदायिक विद्यालय, प्राविधिक शिक्षा टेक्स कार्यक्रम)ले यस बर्ष १८ महिने कृषि तथा भटेरीनरी जेटिए पढनका लागि मंगलवार प्रवेश परीक्षा गराएको छ । उक्त परीक्षबाट ८० जना विद्यार्थी छनौट हुनका लागि २ सय ४७ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । 

सिटिभिटीवाट सम्बन्धन लिएको शिव माध्यामिक विद्यालय (सामुदायिक विद्यालय, प्राविधिक शिक्षा टेक्स कार्यक्रम), भेनपा–१ कालेगाउँवाट १८ महिने कोर्ष पूरा गरेर कृषि जेटिए पढन प्रवेश परीक्षा दिनका लागि १ सय ५९ जना विद्यार्थीहरुले फाराम भरेको बताउँदै विद्यालय प्रअ तिलक खत्रीले भने–“मंगलवार लिएको प्रवेश परीक्षामा जम्मा १ सय ४९ जना मात्र विद्यार्थी सहभागि रहे, जसमा १ सय १२ जना छात्राले परीक्षामा भाग लिए भने, ९ जना छात्रा अनुपस्थित रहे, त्यसैगरी ३७ जना छात्रले परीक्षामा भाग लिए भने, १ जना छात्र अनुपस्थित रहे ।”

त्यसैगरी भटेरीनरी जेटिए तर्फको प्रवेश परिक्षा दिनका लागि १ सय ७ जनाले फाराम भरेको भएता पनि मंगलवार लिएको परिक्षामा जम्मा ९८ जना विद्यार्थहरुले मात्र भाग लिएको प्रअ खत्रीले जानकारी दिए । उनले दिएको जानकारीअनुसार मंगलवार लिएको परीक्षमा भटेरीनरी जेटिए तर्फको परीक्षा दिनेमा ४६ जना छात्रा रहेका थिए भने, ४ जना छात्रा अनुपस्थित रहेका थिए । त्यसैगरी ५२ जना छात्रले उक्त परिक्षामा भाग लिएका थिए भने, ५ जना छात्र अनुपस्थित रहेका थिए ।

प्रवेश परीक्षामा भाग लिएका विद्यार्थीहरुको कपि जाँच गरेर कृषि जेटीए तर्फ ४० जना र भटेरीनरी जेटीए तर्फ ४० जना विद्यार्थीहरु छनौट गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ । प्रवेश परिक्षामा छनौट भएका विद्यार्थीहरुको नामावली भोलिनै विद्यालयले सार्वजनिक गरिने बताईएको छ । उक्त परीक्षालाई निस्पक्ष र मर्यादित बनाउन परीक्षा केन्द्रमा वडापालीका अध्यक्ष दीपक रानालगायतका अन्य जनप्रतिनीधि र जिल्ला शिक्षा कार्यालय जाजरकोटका शाखा अधिकृत मानबहादुर गिरी, विद्यालय निरीक्षक धनन्जय आचार्यको पनि उपस्थिति रहेको थियो ।

विद्यालयको भौतिक व्यवस्थापन प्रयाप्त मात्रमा नभएको हुदा विद्यार्थीहरुलाई परिक्षा गराउन आफूलाई निकै कठिन भएको विद्यालय प्रअ तिलक खत्रीको भनाई रहेको छ ।

विशेष