मनोरञ्जन

‘गीतमा आमा भनेपनि मैले बाबा नै सोच्थें’ — केन्जल श्रेष्ठ

‘गीतमा आमा भनेपनि मैले बाबा नै सोच्थें’ — केन्जल श्रेष्ठ

साउन - १० । नेपाल आइडलमा टप १० सम्म पुग्न सफल भएर बाहिरिइन् केन्जल श्रेष्ठ । नेपाल आइडलमा उनले गाएको ‘मेरी आामा’ बोलको गीतले केन्जललाइ रातारात हिट बनायो । त्यही गीत गाएकै कारण उनलाई इन्दिरा जोशीले उपनाम नै दिइन् ‘के टाउन एन्जलः केन्जल’

तर, यस गीत पछाडि पनि अर्कै रहस्य रहेछ । एक अन्तर्वार्तामा बोल्दै केन्जलले आफ्नो बाबुको रहस्य खोलिन् । केन्जलका बाबु तीन वर्षअघि अष्ट्रेलियामा ब्रेन ह्यामरेज भएर बितेका रहेछन् ।

उनले गाएको उक्त गीत पनि बाबुलाई नै समर्पित थियो । गीतको शब्दमा आमा भएपनि आफूले बाबालाई नै सम्झिएको बताइन् । गीत गाउँदा गाउँदै नेपाल आइडल टिमले त्यहीँ आमालाई ल्याइदिएका थिए । उक्त गीतबाट चौतर्फी तारिफ पाउनुमा केन्जलले उक्त गीत मुखबाट मात्र नभएर मनैबाट गाएकी थिइन् ।

यतिबेला चर्चाको शिखरमा रहेकी केन्जललाई ‘मेरी आमा’ बोलको गीतलाई कभर बनाउनको लागि पनि धेरैले आग्रह गरेका छन् ।

विशेष