रोजगार Breaking News मुख्य समाचार

कोरियान भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार १ सय ८ जना उर्त्तीण (सूचीसहित)

कोरियान भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार १ सय ८ जना उर्त्तीण (सूचीसहित)

साउन – १० । कोरियामा राजगारिका लागि रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । इपिएस कोरिया शाखाका अनुसार भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्।

इपिएस अन्तर्गत जेष्ठ २७ र २८ गते र परीक्षा केन्द्र २६ मा छुटेका परीक्षार्थीहरुको आषाढ २१ गते देखि २९ गतेसम्म लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको हो । सो भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीले आवेदन भरेको भएपनि भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए ।

इपिएस कोरिया शाखाका अनुसार भाषा परीक्षा उत्तीर्ण भएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फारामलगायतका कार्यहरुको बिस्तृत विवरण यस कार्यालयको वेवसाइटमा छिटै प्रकाशित गरिने छ ।

भाषा परीक्षा उत्तीर्ण ब्यक्तिहरुले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल इपिएस शाखाले जनाएको छ । त्यस्तै कुनै 'क’ बर्गको बैंकमा आफ्नै नाममा खाता खोलेको प्रमाण (चेकको प्रतिलिपी) एवं सम्बन्धित ब्यक्तिको ब्यक्तिगत ईमेल ठेगाना अनिवार्य रुपमा पेश इपिएस शाखाले जाएको छ ।

यो लिंकमा गएर भाषा परीक्षाको पूर्ण विवरण हेर्नुहोस् । 

विशेष