मुख्य समाचार

प्रहरी प्रवक्तामा पुष्कर कार्की

प्रहरी प्रवक्तामा पुष्कर कार्की


साउन १० । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी ) पुष्कर कार्की सरुवा भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा भएपछि उनको स्थानमा एसएसपी सर्वेन्द्र खनालको सरुवासँगै कार्कीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

एआईजीमा सिफारिस गरिएका डीआईजी मिङमार लामाको बढुवा नै नभई सरुवा भएपछि एसएसपी खनाल महाशाखा प्रमुखमा सरुवा भएका हुन् । खनाल एसएसपीबाट डीआईजीका लागि पहिलो नम्बरमा र कार्की तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाली रहेका खनाल यसअघि महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुखमा कार्यरत थिए । अपराध महाशाखामा रहँदा गुण्डा नाइके घैंटेको इन्काउन्टर र नेपाली फुटबल क्षेत्रको म्याच फिक्सिङ, विद्युत प्राधिकरणमा कर्मचारीबाट भएरहेको चुहावट नियन्त्रण जस्ता विषयले उनको चर्चा चुलिएको थियो । प्रहरी महानिरीक्षक सचिवालयमा कार्यरत कार्की पनि महाशाखामा हुँदा गुण्डा नाइके चरीको इन्काउण्टर गरी चर्चामा आएका थिए ।

यसअघि उपत्यका ट्राफिक प्रमुख डीआईजी मिङमार लामालाई भने केन्द्रीय ट्राफिक निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी उपत्यकामा गाडी प्रवेश गराउँदा धोएर मात्रै प्रवेश गराउनुपर्ने तथा बटुवालाई जरिवाना गर्ने डिआइजीका रुपमा आलोचित भएका थिए ।

 

विशेष