इतिहासमा आज

भारतकी प्रथम महिला राष्ट्रपतिको सपथ

भारतकी प्रथम महिला राष्ट्रपतिको सपथ


लोकतान्त्रिक देश भारतमा अहिलेसम्म एकजना मात्रै महिला राष्ट्रपति बनेकी छिन् ।

उनी हुन् १२ औं राष्ट्रपति प्रतिभा पाटिल उनले सन् २००७ जुलाई २५ मा अर्थात आजकै दिन भारतको तर्फबाट पहिलो महिला राष्ट्रपतिका रुपमा सपथ लिएकी थिइन । उनी सन् २००७ देखि २०१२ सम्म भारतको राष्ट्रपति बनिन् ।

भारतको राष्ट्रपतिका रुपमा पाटिलले जति राम्रो काम गरिन, यो भन्दा बढी विवादमा परिन् । पाटिल आफूखुसी पुरस्कार बाँडेको देखि धेरै विदेश घुमेको आरोपमा परिन् । मृत्युदण्डको सजायँ माफी दिएको विषयलाई लिएर पनि भारतमा पाटिलको आलोचना हुने गरेको छ । प्रतिभादेवीसिंह पाटिल भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ हुन् । सन् २००४ देखि २००७ सम्म उनले राजस्थानको गभर्नरका रुपमा समेत काम गरिन् । राजपूत परिवारमा जन्मिएकी प्रतिभा ७३ वर्षको उमेरमा भारतको सर्वोच्च पदमा पुग्न सफल भइन् ।

राजनीतिक विज्ञान र अर्थशास्त्रमा स्नात्तकोत्तर गरेकी उनले कानूनमा स्नातक समेत गरेकी छिन् । पाटिलले केही समय अदालतमा वकालतको अभ्यास पनि गरेकी थिइन् । राष्ट्रपति हुनुअघि प्रतिभाको राजनीतिक जीवन निकै लामो भए पनि खासै उपलब्धीपूर्ण मानिएको थिएन् । सन् १९६२ बाट राजनीति थालेकी उनले बीचमा एकपटक सन्याससमेत लिएकी थिइन् ।

महाराष्ट्रको विधानसभामा चुनिएर प्रारम्भ भएको उनको राजनीतिक यात्रा सन् १९८५ मा राज्य सभाको सदस्य हुँदै अगाडि बढ्यो । सोही दशकमा उनले केही समयका लागि राजनीतिबाट सन्यास लिइन् । सन् २००४ मा उनलाई राजस्थानको २४ औं गर्भनर नियुक्त गरियो । उक्त पदमा पुग्ने पाटिल पहिलो महिला थिइन् । संयुक्त लोकतान्त्रिक गठवन्धन (यूपिए) ले जून १४, २००७ मा उनलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा र्गयो । तत्कालीन गृहमन्त्री शिवराज पाटिल वा करण सिंहको नाममा कम्युनिस्ट पार्टीहरु सहमत नभएपछि प्रतिभालाई अघि सारिएको थियो । सेरेमोनियल पद भएकाले भारतमा सामान्यतया राष्ट्रपतिमा चुनावी प्रतिस्पर्धा हुँदैन र सहमति खोज्ने प्रयास गरिन्छ । तर, पाटिलले भने कडा चुनौतिको सामना गर्नुर्पयो ।

भारतीय जनता पार्टी (विजेपी) ले बहालवाला उपाध्यक्ष भैरोन सिंह सेखावत पाटिलका विरुद्ध स्वतन्त्र उम्मेदवारका रुपमा खडा भए भने बीजेपी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनले उनलाई समर्थन र्गयो । र, १९ जुलाई, २००७ मा भएको चुनावमा दुई तिहाइ भोट ल्याएर पाटिल विजयी बनिन् ।

विशेष