स्वास्थ्य

शुक्रकीट घट्ने क्रमले मानव जातीनै लोप हुने खतरा

शुक्रकीट घट्ने क्रमले मानव जातीनै लोप हुने खतरा

साउन ११ । उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निस्कर्षको आकलन गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्।

तर कतिपय विज्ञहरुले मानव प्रजनन् दरको पछिल्लो निस्कर्षप्रति आशंका व्यक्त गरेका छन्। प्रमुख अनुसन्धानकर्ता डा। हागाइ लेभिनले पुरुषको शुक्रकीट घट्ने क्रमका कारण भविष्यमा के होला भनेर आफू ूनिकै चिन्तितू भएको बताए।

अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको नयाँ सोधका क्रममा सन् १९७३ देखि सन् २०११ सम्म गरिएका १८५ वटा अध्ययनका निस्कर्षको विश्लेषण गरिएको बताइएको छ।

एपिडिमिओलोजिस्ट समेत रहेका डाक्टर लेभिनले बीबीसीसँग भने अहिलेको क्रम जारी रहेका मानव जाति नै लोप हुन सक्छ ।
चाखलाग्दो

हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छ।
हामीले हाम्रो जीवन बाच्ने तौरतरिका, वातावरण र हामीले प्रयोग गर्ने रसायनबारे पुनर्विचार नगर्ने हो भने भविष्यमा के होला भनेर म निकै चिन्तित भएको छ । 
डा. हागाइ लेभिन, प्रमुख अनुसन्धानकर्ता, हिब्रु विश्वविद्यालय

अन्ततोगत्वा हामीले प्रजनन् सम्बन्धी समस्याहरु भोग्नुपर्ने हुन सक्छ र त्यसले मानव प्रजातिलाई नै लोपको संघारमा पुर्‍याउन सक्छ।

तर सो अध्ययनमा प्रत्यक्ष रुपमा संलग्न नभएका वैज्ञानिकहरुले अध्ययनको गुणस्तरको प्रशंसा गरेका छन् तर त्यसैका आधारमा यस्तो निस्कर्षमा पुग्न नसकिने बताएका छन्।

जेरुसलेमको हिब्रु विश्वविद्यालयका डाक्टर लेभिनले अध्ययनको क्रममा पुरुषहरुको शुक्राणुमा ५२.४५ले कमी आएको पत्ता लगाएका छन् । उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषको कुल शुक्रकीटको संख्यामा ५९.३५ ले कमी आएको पाइएको बताइएको छ ।

त्यो अध्ययनका अनुसार ती देशका पुरुषको शुक्रकीटमा कमी आउने क्रम जारी छ र सम्भवत त्यो बढीरहेको हुन सक्छ ।

अध्ययनका क्रममा दक्षिण अमेरिका, एसिया र अफ्रिकाका पुरुषका शुक्रकीटको संख्यामा कमी नआएको पाइएपनि ती महादेशमा पर्याप्त अध्ययन नभएको बताइएको छ। तर डाक्टर लेभिनको चिन्ता छ ती महादेशमा पनि पुरुषको शुक्रकीटको संख्यामा कमी आउने क्रम जारी रहन सक्छ ।

बिबिसीबाट

विशेष