मनोरञ्जन

मल्लिकाले भेटिन डोनाल्ड ट्रमकी श्रीमतीलाई

मल्लिकाले भेटिन डोनाल्ड ट्रमकी श्रीमतीलाई


साउन ११ । बलिउड नायिका मल्लिका शेरावतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमति इवानासँग भेट गरेकी छिन् ।

उनले मंगलबार आफ्नो इन्स्टाग्राममा इवाना ट्रम्पसँग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, ‘इवाना ट्रम्पसँग भेटेर खुसी लाग्यो । उनी असल व्यक्ति हुन् ।’
उनले इवानासँगको भेटलाई मिठो र सालिन भनेकी छिन् । चेकमूलकी पूर्व मोडल तथा व्यवसायी इवानाले अमेरिकी राष्ट्रपति ट्रम्पसँग १९७७ मा बिहे गरेकी थिइन् । यी दुईको पारपाचुके १९९२ मा भएको थियो ।

२०१५ देखि मल्लिकाले बलिउडमा काम गरेकी छैनन् । उनको पछिल्लो फिल्म डर्टी पोल्टिक्स थियो । उनले हलिउडमा पनि काम गरिसकेकी छिन् । मल्लिकाले २०१६ मा चिनियाँ फिल्म ‘टाइम राइडर्स’ मा काम गरेकी थिइन ।

विशेष