देश

ट्रकको ठक्करबाट विद्यालय निरीक्षकको मृत्यु

ट्रकको ठक्करबाट विद्यालय निरीक्षकको मृत्यु

साउन – ११ । रुपन्देहीको ओमसतीय गाउँपालिका २ पडसरीमा ट्रकको ठक्करबाट मोटरसाएइकल चालकको मृत्यु भएको छ । 

रुपन्देही तिलोत्तमा नगरपालिका – ५ घर भई जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा कार्यरत विद्यालय निरीक्षक ४६ वर्षिय चन्द्र बहादुर कँवुरको मृत्यु भएको हो । गम्भीर घाईते भएका उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ५०२६ नम्बरको ट्रकले लु१८प २६७८ नम्बरको मोटरसाईकललाई बिहान साँढे १० बजे ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष