मनोरञ्जन

बंगलादेशी सुपरस्टार आलोमले शाहरुख खानसँगको फोटो मिलाएर राखेपछि यस्तो हंगामा

बंगलादेशी सुपरस्टार आलोमले शाहरुख खानसँगको फोटो मिलाएर राखेपछि यस्तो हंगामा

साउन ११ । बंगलादेशका सुपरस्टार आलोम बोगरा यतिबेला फेरि पनि चर्चामा आएका छन् । आलोमले हालै सामाजिक सञ्जालमा शाहरुख खानसँग आफ्नो एक सेल्फी लिएको फोटो सार्वजनिक गरेका छन् । जुन फोटोले यतिबेला सामाजिक सञ्जालमा हंगामा मच्चाइरहेको छ ।

आलोमले आफूले शाहरुख खानसँग सेल्फी लिएको फोटो सार्वजनिक गरे । विशेषगरि त्यस फोटोको क्याप्सनमा उनले शाहरुखको नाम पनि ठिकसँग लेखेका छैनन् । आलोमले फोटो सेयर गर्दै लेखेका छन्, ‘शाहरुख खान मेरा फ्यान हुन्, १०० प्रतिशत । सुन, शाहरुखले मसँग सेल्फी लिए । लभ यु शाहरुख माइ फ्यान ।’

तर, त्यस फोटो भने साँचो थिएन । फोटोसप गरेर बनाइएको उक्त फोटोमा आलोमले शाहरुखले कुनै फिल्मको प्रचारको समयमा खिचेका एक फोटोमा आफ्नो फोटो जोडेका छन् । यतिबेला फोटोसप पनि ठिकसँग नगरेको र नाम पनि ठिकसँग नलेखेको भन्दै सामाजिक सञ्जालकर्ताहरुले उनको धज्जी उडाइरहेका छन् ।

विशेष