चप्पलमै लिए खानेपानी मन्त्रीले सपथ, कारण यस्तो रहेछ
साउन ११ । राष्ट्रपति उपस्थित हुने कार्यक्रममा औपचारिक ड्रेसमा उपस्थित हुन भनेर पत्र काट्ने राष्ट्रपति भवनमा एक मन्त्रीले भने चप्पलमा नै सपथ लिएका छन् ।
कांग्रेसबाट खानेपानी तथा सरसफाई मन्त्री बनेका महेन्द्र यादवले चप्पल लगाएर नै मन्त्रीको सपथ लिएका हुन् । अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथको कार्यक्रम राखिएको थियो । धेरै मन्त्रीहरु दौरासुरुवाल र कोट लगाएर सपथ लिएपनि यादवले कुर्ता सुरुवाल र चप्पल लगाएर सपथ लिए ।
अन्तिम समयमा उनी मन्त्रीको सूचीमा परेकाले समय अभावका कारण कपडा समेत परिवर्तन गर्न नभ्याउँदा औपचारिक पोशाकमा जान नसकेको उनले प्रतिक्रिया दिएका छन् ।