मुख्य समाचार

अन्याय भयो भन्दै व्यापारी पुगे मुख्य सचिवकोमा, थुन्‍ने होइन सुन्‍ने गर्न आग्रह

अन्याय भयो भन्दै व्यापारी पुगे मुख्य सचिवकोमा, थुन्‍ने होइन सुन्‍ने गर्न आग्रह

साउन ११ । उद्योगी व्यवसायीहरुले बजार अनुगमनको क्रममा व्यापारी माथि सरकारी कर्मचारीहरुले मनपरी गर्ने गरेको आरोप लगाएका छन् ।

मंगलबार मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीकासँग नेपाल चेम्बर अफ कमर्शको टोलीले अनुगमनको क्रममा उद्योगीद्याई त्रसित पार्ने र कुरै नबुझी कारबाही गर्ने गरेको गुनासो गरे । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले हालै मात्रै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीमाथि अनुगमन टोलिले अन्याय गरेको बताए।

चामलभन्दा प्लाष्टिक धेरै महँगो छ, यसो हुँदा कसले घाटा खाएर यो काम गर्छ रु तर कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि बढाइयो, पछि गलत साबित भयो, यस्तो प्रकारको अन्याय गरिँदै छ ।

गल्ती गरेका व्यापारीलाई कारबाही हुने विषयमा कुनै गुनासो नभएपनि अनुगमनका नाममा इमानदार व्यापारीहरुमाथि अन्याय गर्न नमिल्ने श्रेष्ठले बताए। मुख्य सचिव क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए।

 

विशेष