खेल मुख्य समाचार

एन्फा कार्यसमिति वैठक बस्दै, थ्रिस्टार क्लवलाई क्षतिपुर्तिको विषय मूख्य एजेण्डा

एन्फा कार्यसमिति वैठक बस्दै, थ्रिस्टार क्लवलाई क्षतिपुर्तिको विषय मूख्य एजेण्डा

साउन ११ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ ।

वैठकले तीन महिना पछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको छ ।

तर यी विषयमा भन्दापनि आजको वैठक ललितपुरको थ्रि स्टार क्लवलाई दिने क्षतीपुर्तीको विषयमा बढी केन्द्रित हुने बुझिएको छ । एन्फाको गल्तीको कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रि स्टार क्लव आन्दोलित छ ।

उसलाई डेढ करोड क्षतिपुर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभिब भएपनि आसन्न साधारणसभामा यो विषय उठ्न सक्ने भएकोले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार छैन ।

क्षतिपुर्ति दिने विषयमा निर्णय गर्ने हो भने गल्ती गर्ने एन्फा पदाधिकारी तथा कर्मचारीलाई पहिले कारवाही गर्नुपर्ने माग एन्फाका केही पदाधिकारी एवं सदस्यहरुले उठाईरकेका छन् ।

एउटा पक्षले क्षतिपुर्ति दिने विषयमा निर्णय गरे अर्को पक्षले साधारणसभामा यही विषयलाई चुनावी नारा बनाउने निश्चित प्रायः छ । उता थ्रि स्टार क्लव भने आफुलाई क्षत्ीपुर्ती नदिएसम्म कुनैपनि प्रतियोगिता नखेल्ने र आवश्यक परे कानुनी ढोका समेत ढक्ढक्याउने चेतावनी दिईरहेको छ ।

विशेष