मनोरञ्जन

मारवाडी फसाएर २५ लाख असुल्न खाेजेकाे अाराेप लाग्याे ठूलै मान्छेलाइ

मारवाडी फसाएर २५ लाख असुल्न खाेजेकाे अाराेप लाग्याे ठूलै मान्छेलाइ

साउन ११ । चलचित्र क्षेत्रमा राम्रो छाप जमाएका निर्माता सुनील रावललाई सिध्याउन पर्दापछाडि को को सक्रिय होलान ? योजनाबद्ध हमला हो वा सुनीलले बाटो बरिामएकै हुन् ? यो कुरा खोतल्न वर्षदिन अगाडिको घटना सम्झनु पर्छ । स्यारोन श्रेष्ठले सेक्सुअल ह्यारेसमेन्टको प्रकरण जोडेर हमला थालेकी छन् । श्यारोनलाई उनै आशिष्मा नकर्मीले सुनीलसँग जोडिदिएकी थिइन । र उनी सुनीलको प्रोजेक्ट सायद २ मा अनुबन्धित भइन् ।

वर्ष दिनअघि आशिष्मा नकर्मी र अमित अग्रवालको सम्बन्ध चर्चामा थियो । अग्रवाल विराटनगर गएको बेला आशिष्माले त्यहाँबाट केही गिफ्ट ल्याइदिन फर्माइस गरिन एसएमएसमार्फत । अमितले भोलिपल्ट सोल्टी होटलमा भेटन बोलाए । आशिष्मासँग एकदमै निकट रहेका निर्माता तथा रक्सीको नाममा एफएम घन्काइरहेका रुस्लान एफएमका मालिक प्रदीपकुमार उदयले त्यो म्यासेज हेरे । आशिष्मा र प्रदीपबीचकै सहमतिमा अन्ततः उनै मारवाडीविरुद्ध उजुरी सिंहदरबार प्रहरी चौकीमा ।

यो प्रकरण मिलाउन नारायण पुरीमार्फत अमित अग्रवाल सक्रिय रहे । प्रदीपकुमारहरुले २५ लाख रुपैयाँ दिए केस मिलाइदिने, नभए उजुरी हाल्ने अड्डी कसे । तर, प्रदीपको यो मागप्रति अमित सहमत भएनन् । त्यही समय हो सुनील रावल निर्माता सुरज सुब्बा माफृत प्रहरी चौकी पुगेका । उनको त्यहाँ आशिष्माकै गल्ती औल्याईदिए ।

त्यही रिस फेर्नु थियो प्रदीप र आशिष्मालाई । अन्तत सुनीलले नयाँ चलचित्र बनाउने भए । आशिष्मामार्फत सम्पर्कमा आइपुगेकी थिइन स्यारोन श्रेष्ठ । यता, स्यारोनले सुनील रावलले बारम्बार सुटिङसेतमा आफनो प्रेमिका बने एअरहोस्टेज बनाइदिने भनी हैरान पारको आरोप लगाएकी छन् ।
–जनआस्था साप्ताहिकबाट

विशेष