मनोरञ्जन

अनमोलकी हिरोइन आदिती भारतमा जम्दै, बाहिरियो यस्तो म्युजिक भिडियो

अनमोलकी हिरोइन आदिती भारतमा जम्दै, बाहिरियो यस्तो म्युजिक भिडियो

साउन १२ । सुपरस्टार अनमेल केसीसँग फिल्म ‘कृ’ मा जोडि बाँधेकी नायिका आदिती बुढाथोकी भारतीय गीतको भिडियोमा देखिएकी छिन् । केही वर्षयता भारतमा बसेर म्युजिक भिडियोमा देखिएकी आदिती ‘गल गोरिए’ बोलको पञ्जाबी गीतमा देखिएकी हुन् ।

गायक मनिन्दर बुट्टुरको स्वर रहेको यस गीतमा अरविन्द्र खेरले म्युजिक भिडियो निर्देशन गरेका हुन् । जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्टले यो भिडियो संयुक्त रुपमा निर्माण गरेको हो ।

पछिल्लो समय धेरै नेपाली मोडलहरु भारतीय म्युजिक भिडियोमा देखिन थालेका छन् । यसअधि मिस नेपाल २०१२ तथा नायिका सृष्टि श्रेष्ठ पनि भारतीय गीतमा देखिएकी थिइन् ।

Aditi Budathoki

विशेष