मनोरञ्जन

करण जोहरसँग अब काजोलले कहिल्यै काम नगर्ने, यस्तो छ कारण

करण जोहरसँग अब काजोलले कहिल्यै काम नगर्ने, यस्तो छ कारण

साउन १२ । बलिउड निर्माता तथा निर्देशक करण जोहरसँग धेरै सुपरहिट फिल्म खेलिसकेकी काजोलले अव करणसँग कुनै पनि फिल्ममा काम नगर्ने निर्णय गरेकी छिन् । यी दुईले सँगै ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माय नेम इज खान’ जस्टा हिट फिल्ममा काम गरिसकेका छन् ।

हालै आफ्नो आउँदै गरेको तमिल फिल्म ‘भीआइपी २’का बारेमा बोल्दै काजोलले आफ्नो २५ वर्षीय फिल्मी करियरमा आफूले उनैसँग काम गरेको जसलाई आफूले नजिकबाट चिनेको र मिल्ने साथीसमेत भएको बताइन् । काजोलको यस्तो स्टेटमेन्टपछि उनलाई सोधियो की, के उनी आउँदा दिनहरुमा करणसँग काम गर्छिन् ? यस प्रश्नमा उनले सिधा जवाफ दिँदै भनिन्, ‘मेरो कोही अरु नै साथीले यदि मलाई फिल्मको लागि अफर गर्छ भने जरुर काम गर्छु ।’ काजोलको यस्तो स्टेटमेन्टलाई भारतीय मिडियाले उनले कहिल्यै पनि करणसँग फिल्म खेल्न नमानेको भन्ने निष्कर्ष निकालेको छ ।

पछिल्लो वर्षको दिवालीमा करण जोहर निर्देशित फिल्म ‘ए दिल है मुश्किल’ र अजय देवगन अभिनित ‘शिवाय’ एकसाथ रिलिज भएको थियो । त्यतिबेला करणले अजयलाई आफ्नो फिल्मको नराम्रो रिभ्यु लेखाउनको लागि २५ लाख रुपैँया दिएको आरोप लगाएका थिए । यसबारेमा करणले आफ्नो आत्मकथा ‘द अनस्वीटेबल बोय’ मा पनि बताएका छन् । त्यही समयदेखि काजोल र करणको सम्बन्धमा पनि फाटो आएको थियो ।

विशेष