मुख्य समाचार

भरतपुरको निर्णय के होला ? आज पनि सुनुवाई

भरतपुरको निर्णय के होला ? आज पनि सुनुवाई


साउन १२ । चितवनको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आज हुने भएको छ ।

यसअघि गत ८ गते रिटमाथिको सुनुवाइ भएपनि नसकिएपछि हेर्दाहेर्दैमा राखि आजका लागि लागि तोकिएको हो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले ९० मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नं १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा (एमाले)का उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

विशेष