मुख्य समाचार

कक्षाकोठाबाट थुतेर देशनिकाला गरिएकी नेपाली चेली बिभ्सी राना फेरि जर्मनी जाने

कक्षाकोठाबाट थुतेर देशनिकाला गरिएकी नेपाली चेली बिभ्सी राना फेरि जर्मनी जाने

साउन १२ ।  कक्षाकोठाबाट निकालेर नेपाल फिर्ता पठाइएकी एक किशोरीलाई विद्यार्थी भिसामा जर्मनी फर्कन अनुमति दिइएको छ ।

नेपाली चेली १५ वर्षिया बिभ्सी राना जर्मनीमा जन्मिएकी थिइन् तर गत मे महिनामा उनलाई परिवारसहित निर्वासित गरिएको थियो । ती किशोरीका सहपाठीहरुले त्यसको विरोध गरे र उनको पक्षमा पैरवी गर्दै ’बिभ्सी फिर्ता ल्याउ’ भन्ने नारासहितको निकालेको ¥यालीमा हजारौं मानिसलाई उपस्थित गराए ।

अधिकारीहरुले यसलाई अनौठो मामिला भन्दै बिभ्सी ’यथार्थमा जर्मन’ थिइन् भनेका छन् । बिभ्सीका अभिवावक आफ्नो देश नेपालमा सशस्त्र द्वन्द्व चलिरहेका बेला भागेर सन् १९९८ मा जर्मनी पुगेका थिए तर उनीहरुले दिएको शरणार्थीको आवेदन अस्वीकार भएको थियो ।

यो कठिन परिस्थितिलाई सल्टाउन हामी सफल भएपछि मेरो काँधबाट ठूलो जिम्मेवारी हटेको छ । आफ्नो देशमा हुनसक्ने राजनीतिक नतिजाको भयले बिभ्सीका पिताले शुरुमा गलत नामबाट शरणार्थीका लागि आवेदन दिएका थिए र यसलाई उनले जीवनकै “सबैभन्दा ठूलो भूल“ भन्दै आएका छन् ।

मे महिनाको अन्तिम सोमबार बिभ्सीलाई उनको सामानसहित देश छाड्न भनिंदा उनी डियूसबर्ग शरहमा रहेको उनको विद्यालयको कक्षाकोठामा थिइन् ।

त्यही दिन बिभ्सी र उनको परिवारलाई नेपाल निर्वासित गरियो, जुन देश उनी कहिले गएकी थिइनन् । शिक्षका अनुसार बिभ्सीकी सबैभन्दा मिल्ने साथी आकस्मिक रुपमा चिकित्सक बोलाउनुपर्ने गरी रोएकी थिइन् । ताम्मका अनुसार बिभ्सी दयालु छात्रा थिइन् र जर्मन भाषा र विज्ञान विषयमा उनको राम्रो पकड थियो ।

बिभ्सीलाई हाल विद्यार्थी भिसा दिइएको छ र अब उनी आफ्नो पढाइ नसकिंदासम्म जर्मनीमा बस्न पाउनेछिन् । उनका अभिवावक पनि उनीसँगै जर्मनी फर्किन पाउनेछन् ।

विशेष