मनोरञ्जन

सलमान र लुलियाको प्रेममा पूर्णविराम

सलमान र लुलियाको प्रेममा पूर्णविराम

साउन १२ । बलिउड अभिनेता सलमान खान र उनकी कथित प्रेमिका लुलिया भान्तुरको बोलचाल ठप्प भएको भारतीय मिडियाले जनाएको छन् ।

यसको सबै कारण फिल्म ‘टाइगर जिन्दा है’ लाई दिइदैँ आइएको छ । सलमान यतिबेला आफ्नो आउँदै गरेको फिल्म ‘टाइगर जिन्दा है’ को लागि कडा मिहेनत गरिरहेका छन् । यसै फिल्मको एक गीतमा लुलियाले पनि गीत गाउन रहर गरेकी थिइन् । तर, सलमानले गीतमा लुलियाको स्वर नसुहाएको भन्दै अस्वीकार गरेका थिए ।

यसरी सलमान लुलियाको इच्छाविपरित जाँदा यी दुईबीच तँ तँ र म म नै भएको भारतीय मिडियाले जनाएको छ । सलमानले गीग गाउन नदिएपछि लुलिया एकदमै रिसाएकी थिइन् । यसै कारणले उनीहरु दुइबीचको सम्बन्धमा दरार आएको भारतीय मिडियाको दाबी छ ।

 

विशेष