प्रवास

नेपाल फर्किने तयारीमा रहेका एक नेपालीको साउदीमा मृत्यु

नेपाल फर्किने तयारीमा रहेका एक नेपालीको साउदीमा मृत्यु

साउन - १२ । वैदेशिक रोजगारीका क्रममा साउदी अरबिया पुगेका एक नेपालीको मृत्यु भएको छ । साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको मृत्यु भएको हो ।

३५ वर्षीय पाण्डेको शव समुद्री किनारमा फेला परेको थियो । स्वदेश फर्किने क्रममा रहेका उनी प्लेन टिकटको पर्खाइमा थिए । उनी १६ महिना अघि साउदीस्थित जुगलमा रहेको गार्डेन कम्पनीमा काम गर्दै आएका थिए ।

गत सोमबार समुन्द्री किनारामा मृत अवस्थामा भेटिएका पाण्डेको मृत्युको कारण भने खुुलाइएको छैन । अहिले उनको शव नेपाल ल्याउने प्रयास भइरहेको भाइ नाता पर्ने रमेशजंग पाण्डेले जानकारी दिएका छन् । मृत्क पाण्डेका पत्नी, १ छोरा र छोरी छन् ।

विशेष